काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले बुधबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ ।
डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रलाई समेटेको छ ।
दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ ।
निगमले दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई समावेश गरिएको छ ।
नयाँ मूल्यवृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ ।
विज्ञप्तीः

Categorized in बजार