काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कार्यतालिका प्रस्ताव गरेका छन ।
मंगलवार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले चैत महिनादेखि महाधिवेशनको प्रक्रिया सुरु गरी भदौ मसान्तभित्र सम्पन्न गर्ने योजना प्रस्तुत गरेका हुन ।
प्रस्ताव अनुसार महाधिवेशनको सम्पूर्ण प्रक्रिया करिब छ महिनाभित्र टुंग्याउने लक्ष्य राखिएको छ ।
१५औं महाधिवेशन २०८३ साल भदौ २४, २५, २६ गते काठमाडौंमा हुने गरी देहाय बमोजिमको कार्यतालिका प्रस्ताव गरिएको छ ।
पार्टीभित्र समयमै महाधिवेशन सम्पन्न गर्ने दबाब बढिरहेका बेला थापाको प्रस्तावलाई महत्वका साथ हेरिएको छ ।
नेपाली कांग्रेसले गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरेको थियो । विधान अनुसार विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रावधान रहेको छ, जसका कारण पार्टीलाई समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब छ ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो ।

महाधिवेशनको कार्यतालिका हेर्न क्लिक गर्नुहोसः–
Categorized in राष्ट्रिय