काठमाडौं । कोलम्बियामा वायुसेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६६ जनाको ज्यान गएको छ ।
अधिकारीहरूका अनुसार दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।
बीबीसी हिन्दीका अनुसार दुर्घटनामा दर्जनौं मानिस घाइते भएका छन ।
वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाका अनुसार विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए ।
दुर्घटनाग्रस्त विमान अमेरिकामा निर्मित ऋ(ज्ञघण् ज्भचअगभिक हो, जसको प्रयोग नियमित रूपमा सैनिक ढुवानीका लागि गरिँदै आएको थियो ।
उक्त विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
उद्धार टोलीहरू घटनास्थलमा पुगेर भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन ।
कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले यो दुर्घटना देशका लागि अत्यन्त दुःखद घटना भएको बताएका छन्। उनका अनुसार उडान भर्ने क्रममा विमानमा आगलागी भएपछि भित्र राखिएका गोला–बारूद विस्फोट भएको आशंका गरिएको छ ।
पेरूको सीमाना नजिकै भएको यो दुर्घटनाले सम्पूर्ण राष्ट्रलाई शोकमा डुबाएको अधिकारीहरूले बताएका छन ।
Categorized in अन्तर्राष्ट्रिय