१४ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

क–कसले आफ्नो मातृभाषामा सपथ लिदै छन ?


प्रकाशित: मंगलवार, १० चैत २०८२, १०ः३०बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले यसपटक विभिन्न मातृभाषामा शपथ लिने भएका छन । 


शपथ ग्रहण चैत १२ गते हुँदैछ, जसमा कम्तीमा ९ भाषामा शपथ लिने तयारी गरिएको छ । 


काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ र समानुपातिक सांसद कुलभक्त शाक्यले नेपाल भाषा (नेवारी) मा शपथ लिने भएका छन ।


त्यसैगरी, समानुपातिकतर्फका सांसद कृपाराम रानाले राना थारू भाषामा शपथ लिने भएका छन । त्यसैगरी सांसद गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषा रोजेका छन । 


सुनसरी–४ बाट निर्वाचित दीपककुमार साहले मैथिली भाषामा शपथ लिने भएका छन्। त्यस्तै महोत्तरी–३ का उज्ज्वलकुमार झा र धनुषा–१ का मातृकाप्रसाद यादवले पनि मैथिली भाषामै शपथ लिनेछन ।


बाँके–२ बाट निर्वाचित मोहम्मद इश्तियाक राईले अवधी भाषामा शपथ लिने तयारी गरेका छन । उनी यसअघि पनि यही भाषामा शपथ लिँदै आएका छन । 


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्बु ओलीले भने संस्कृत भाषामा शपथ लिने तयारी गरेकी छन । 


संघीय संसद् सचिवालयका अनुसार हालसम्म २४ जना सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिने जानकारी दिएका छन । 


शपथ सम्बन्धी ऐन २०७९ ले सांसदहरूलाई मातृभाषामा शपथ लिन सक्ने कानुनी व्यवस्था गरेको छ ।


नेपालको संविधानले बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई अंगीकार गरेकाले मातृभाषामा शपथ लिने अभ्यासलाई समावेशी लोकतन्त्रको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex