काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ ।
बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने तय गरिएको छ ।
बैठकमा पार्टी सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सहभागी हुनेछन । यसअघि गत शुक्रबारदेखि सुरु भएको बैठकमा उनी अनुपस्थित थिए ।
आइतबार सम्पन्न कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको कमजोर प्रदर्शनको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए ।
राजीनामा अस्वीकृत भएपछि सभापति थापाले पुनः बैठक बोलाएका हुन ।
आजको बैठकमा हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा तथा पार्टीको १५औँ महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ ।
पार्टीभित्र चुनावी परिणामपछि उत्पन्न अवस्था, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे पनि बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।
Categorized in राष्ट्रिय