१० आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

असन डवलीमा ‘काव्यमय साँझ’ सम्पन्न (तस्वीरहरु)


प्रकाशित: सोमवार, ९ फागुन २०८२, १६ः५५ बजे
- महानगरखबर

काठमाडौं । विश्व कविता दिवसको अवसरमा काठमाडौं– २७ वडाले ले असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम सम्पन्न गरेको छ । 


कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि–कवियत्रीले आफ्ना सिर्जना प्रस्तुत गरेका छन । 


कार्यक्रममा प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यापारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने ५ जना स्थानीय बासिन्दाले पनि आफ्ना रचना सुनाएका थिए । 

 


कविता, गीत, गजल र नज्म विधामा नेपाली, अंग्रेजी, उर्दू, हिन्दी, संस्कृत र नेपाल भाषामा प्रस्तुतिहरू गरिएको थियो ।


कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले ‘बादल’ शीर्षकको कविता वाचन गर्नुभयो ।


उहाँले डवली संस्कृतिले काठमाडौंको सांस्कृतिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै यसको पुनर्जीवनका लागि वडा २७ ले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

 


वडा अध्यक्ष योगेश खड्गीका अनुसार रसयुक्त साहित्य सिर्जना र प्रस्तुतिबाट प्राप्त हुने आनन्द अनुपम हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।


उहाँले यो कार्यक्रमको दोस्रो संस्करण रहेको र आगामी वर्षमा पनि निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो। पहिलो संस्करण रानीपोखरी परिसरमा आयोजना गरिएको थियो । 


वडा सदस्य सृष्टि कंसाकार तुलाधरले सिर्जनात्मक अभिव्यक्तिका माध्यमबाट दर्शकलाई गहिरो अनुभूति दिलाउने कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो ।

 

 


कार्यक्रममा सहभागी कवि तथा चलचित्र समीक्षक प्रकाश सायमी ले सन २००२ देखि विश्व कविता दिवसको अवसरमा कवि र समाजबीच संवाद स्थापित गर्ने उद्देश्यले यस्ता खुला कार्यक्रमहरू आयोजना हुँदै आएको जानकारी दिनुभयो ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex