१४ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

निर्वाचित सांसदहरूको शपथ चैत १२ मा


प्रकाशित: बुधवार, ४ चैत्र २०८२, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गते गराउने तयारी गरिएको छ । 


निर्वाचन आयोग ले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने र सोही दिन निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।


आयोगबाट औपचारिक जानकारी प्राप्त भएसँगै संघीय संसद् सचिवालय ले शपथ कार्यक्रमको मिति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । 


सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भए लगत्तै शपथसम्बन्धी सूचना प्रकाशन गरिनेछ ।


“चैत १२ गते शपथ गराउने तयारी भइरहेको छ, यसबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल पनि जारी छ,” गिरीले बताए ।


२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा उदाएका छन ।


राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा रहेको छ ।


त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५ सिटसहित तेस्रो र नेपाल कम्युनिष्ट पार्टी १७ सिटसहित चौथो दलका रूपमा रहेका छन ।


यसपटकको निर्वाचनबाट श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं दल बनेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैठौं स्थानमा रहेको छ । साथै, एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन ।


शपथ कार्यक्रमपछि नयाँ संसद् गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex