काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको ग्यास अभावितरण वलाई व्यवस्थापन गर्न भोलि शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्रै गर्ने निर्णय गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट का अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन ।
आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको पूर्ण सिलिन्डरको मूल्यको आधा नै तोकिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले बजारलाई सहज बनाउन यस्तो निर्णय गरिएको उनले बताए ।
भट्टका अनुसार आधा सिलिन्डर वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्तासम्म ग्यास पुग्नेछ। “पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन,” उनले बताए ।
निगमले यस निर्णयले ग्यास अभावको समस्या कम हुने र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेको छ। साथै, आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ ।
“आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै समस्या परेको छ उसले मात्रै किन्छ,” भट्टले बताए।
निगमका अनुसार यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हटाउन सहयोग पुग्नेछ र उपभोक्ताले आवश्यकताअनुसार ग्यास सहज रूपमा पाउनेछन ।
Categorized in बजार