१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मौसम धुम्मबारे मौसमविद यसो भन्छन, काठमाडौंको वायु गुणस्तर एक्यूआई १७९ विन्दुमा


प्रकाशित: सोमवार, २५ फागुन २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । मौसमविद् रोजन लामिछानेका अनुसार वायुमण्डलको तल्लो तहमा न्यूनचापीय प्रणाली सक्रिय रहे पनि पर्याप्त हावा नचल्दा प्रदूषण बाहिर जान सकेको छैन ।


काठमाडौँ उपत्यकामा अहिले चल्नुपर्ने जति हावा नचलेका कारण प्रदूषित वायु स्थिर भएर बसेको छ ।


लामो समयदेखि पानी नपरेका कारण वायुमण्डल सफा हुन सकेको छैन । वायुमण्डलमा धुलो र धुवाँका कणहरू थुप्रिएका कारण उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ ।


काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि एकपटक विश्वकै खतरनाक स्तरमा पुगेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा सूचीकृत भएको छ ।


सोमबार काठमाडौँको वायु गुणस्तर सूचकांक एक्यूआई १७९ विन्दु सम्म पुगेको छ, जसलाई स्वास्थ्यका लागि ुअति हानिकारकु मानिन्छ । 


सूचीको दोस्रो स्थानमा भारतको कोलकाता ९१७३ एक्यूआई र तेस्रो स्थानमा पाकिस्तानको लाहोर ९१६६ एक्यूआई रहेका छन । 


कोशी, बागमती र गण्डकी लगायतका क्षेत्रमा बदली भए पनि उपत्यकामा अपेक्षित वर्षा हुन सकेको छैन ।


वातावरण विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ, पोखरा र तराईका विभिन्न सहरहरूमा प्रदूषणको मात्रा बढ्दै गएको भन्दै नागरिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।


विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई यसले गम्भीर असर पार्न सक्छ। सम्भव भएसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा उच्च गुणस्तरको मास्क प्रयोग गर्न स्वास्थ्य विज्ञहरूको सुझाव छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवस्था अझै केही दिन कायम रहने देखिएको छ । वायुमण्डललाई पूर्ण रूपमा सफा गर्न कि त ठुलो हावाहुरी चल्नुपर्ने, कि त पर्याप्त वर्षा हुनुपर्ने देखिन्छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex