७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नवनिर्वाचित १८ जना राष्ट्रिय सभा सदस्यहरुले लिए सपथ


प्रकाशित: सोमवार, २५ फागुन २०८२, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन २०८० बाट निर्वाचित भएका १८ जना नयाँ सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन । 


सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित एक विशेष समारोहका बीच उनीहरूले नयाँ जिम्मेवारीको सुरुवात गरेका हुन ।


राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको थियो । शपथ ग्रहणसँगै माघ ११ गतेको निर्वाचनबाट चुनिएका सांसदहरूले अब माथिल्लो सदनमा आफ्नो भूमिका निर्वाह गर्नेछन ।


निर्वाचन र संवैधानिक व्यवस्था नेपालको ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल समाप्त भई नयाँ निर्वाचन हुने संवैधानिक व्यवस्था छ । 


सोही अनुसार गत फागुन २० गते १९ जना सदस्यको पदावधि सकिएको थियो। जसमध्ये १८ जना निर्वाचन प्रक्रियाबाट छानिएका हुन ।


१ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने प्रावधान छ ।

 
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल भएको थियो ।


प्रदेशगत निर्वाचित सदस्यहरूको विवरणप्रदेशनिर्वाचित सदस्यहरू कोशी सुनिलबहादुर थापा, रोशनी मेचे, सोम पोर्तेल, मधेश महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण, रेखा झा, बागमतीबाट गीता देवकोटा, डा. प्रेम दंगाल गण्डकीबाट जगत तिमिल्सिना, सम्झना देवकोटा लुम्बिनबाट रामकुमारी झाँक्री, वासुदेव जंगली, चन्द्रबहादुर केसीकर्णालीललितजंग शाही, मिना रखाल र सुदूरपश्चिमबाट खम्मबहादुर खाती, लीला भण्डारी निर्वाचित भएका थिए । 


तस्वीरः अनलाईनखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex