काठमाडौं । नेपाली कांग्रेसले अछाम, तेह्रथुम, जाजरकोट, डोटी, दैलेख, रसुवा, मुस्ताङ र मनाङका निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन ।
निर्वाचन आयोगका अनुसार अछाम–१ बाट कांग्रेसका भरत कुमार स्वार १०,७५९ मतसहित विजयी भएका छन । एमालेका भीम बहादुर रावलले (१०,२३३) मत पाए ।
तेह्रथुममा सन्तोष सुब्बा ११,५६१ मत ल्याएर निर्वाचित। एमालेका भानुभक्त ढकाल १०,६८२ मतमा खुम्चिए ।
त्यसैगरी, जाजरकोटबाट खड्का बहादुर बुढा २०,१४२ मतका साथ विजयी भएका छन भने नेकपाका शक्ति बहादुर बस्नेतले १७,४०७ मत पाए ।
डोटीबाट भरत बहादुर खड्का १४,८९७ मतसहित विजयी भए भने एमालेका दीपक बहादुर धामीले १४,११० मत प्राप्त गरे ।
दैलेख–१ बाट बसना थापा १२,३७२ मतसहित निर्वाचित भइन । उनका प्रतिद्वन्द्वी रवीन्द्र राज शर्मा (नेकपा) ले ११,७९६ मत पाए ।
रसुवाका मोहन आचार्य १०,६५६ मतसहित विजयी हुँदा राप्रपाका बसन्त भट्टले ५,५७१ मत पाए ।
मुस्ताङबाट योगेश गौचन थकाली ३,३०७ मतसहित निर्वाचित भए । उनको प्रतिद्धन्दी एमालेका इन्द्रधारा दादु विष्टको १,८०६ मत आए ।
मनाङबाट टेक बहादुर गुरुङ २,४१५ मतसहित विजयी भए । उनले यशोदा सुवेदी (४५४ मत) लाई ठूलो मतान्तरले पराजित गरे ।
राजनीतिक दलको अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ५२ सिटमा जित हासिल गरिसकेका छन भने ६८ स्थानमा अग्रता छ ।
नेपाली कांग्रेसले ८ स्थानमा जित हासिल गरेका छन भने १२ स्थाना अग्रता देखिएको छ ।
नेकपा एमालेले २ स्थानमा बिजयी हासिल गरेका छन र १० स्थानमा अग्रता लिएका छन । नेपाल कम्युनिस्ट पार्टीले पनि २ सिट जिते भने ५ स्थानमा अग्रता छ ।
श्रम संस्कृति पार्टी ३ स्थानमा अग्रता, राष्ट्रिय प्रजातन्त्र पार्टी १, स्थना अग्रता छन । अहिले स्वतन्त्र उम्मेदवार महाविर पुनले म्याग्दीबाट जितेका छने अझै एक स्थानमा अग्रता देखिएको छ ।
Categorized in राष्ट्रिय