७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

मतदान गर्न २ मिनेट समय लाग्ने


प्रकाशित: आइतवार, १७ फागुन २०८२, १५ः४७ बजे
- महानगरखबर

काठमाडौं । आगामी निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोग ले जनाएको छ । 


आयोगका अनुसार देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन ।

 
निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ । मतदान प्रक्रिया सहज, व्यवस्थित र छिटो बनाउन आवश्यक प्रबन्ध मिलाइएको आयोगले जानकारी दिएको छ ।


कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्ने व्यवस्था गरिएको बताए । 


उनका अनुसार कुनै पनि मतदान केन्द्रमा एक लाइनमा १ हजारभन्दा बढी मतदाता नहुने भएकाले लामो समय कुर्नुपर्ने अवस्था नआउने दाबी गरिएको छ ।


आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ ।


मतदान बिहान ७ बजेदेखि सुरु हुने जनाउँदै आयुक्त भण्डारीले सबै मतदातालाई आफ्नो परिचयपत्र सुरक्षित राखी समयमै मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेका छन ।


निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex