काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले आफ्नो घुँडाको एसीएल शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण खर्च जुटेको जानकारी दिएकी छन ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले शल्यक्रियाका लागि आवश्यक ८० हजार अमेरिकी डलर मात्र नभई रिह्याबिलिटेसन, आवास तथा यातायात खर्चसमेत व्यवस्थापन भएको बताइन ।
अघिल्लो दिन मात्रै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी साम्बाको खातामा एक दिनमै उल्लेख्य सहयोग संकलन भएको हो ।
उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ५२ हजार अमेरिकी डलर जम्मा भएको छ ।
सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनले अब थप सहयोग नगर्न आग्रह गरेकी छन ।
Categorized in मनोरन्जन