२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तारकेश्वर नपाको एक घरमा चितुवाको आक्रमणबाट २ जना घाइते


प्रकाशित: आइतवार, १० फागुन २०८२, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेर दुई जना घाइते भएका छन । 


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार घाइेतेहरु दुलाल महर्जनलाई शुभम अस्पताल र मायानाथ वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको  छ ।

 
महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ ।


स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणबाट उनीहरु घाइते भएका हुन । 


घटनापछि स्थानीय र प्रहरीले चितुवालाई घरभित्रै थुनेर राखेका छन । 


घटनापछि उक्त क्षेत्रमा त्रासको अवस्था रहेको छ भने प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।े छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex