काठमाडौं । मानव बेचविखनविरुद्धको १२औं राष्ट्रिय दिवसको अवसर पारेर ईलामा जिल्लामा सरोकारवाला र विभिन्न संघ, संस्थाको अगुवाईमा एक महिने यौनजन्य हिंसाविरुद्ध आभियान सुरु गरिएको छ ।
हिजोबाट सुरु भएको यस अभियानलाई जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले उद्घाटन गरेका थिए ।
पछिल्लो सयम मुलुकभर बलात्कार, यौनजन्य हिसा, हत्या लगायतको घट्नाबृद्धि भईरहेको बेला यस किसिमको अभियानचलाई यस विरुद्ध कडा रुपमा अघि बढ्नु पर्ने प्रमुख बरालले बताएका थिए ।
अभियानको अगुवाई स्थानीय महिला, नेपाल पत्रकार महासंघ, महिला सञ्जाल, आमा समुह, चेतना न्याया समूह, भरोसा नेपाल, प्याग नेपाल लगायतले गर्ने भएको छ ।
Categorized in समाज