१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध


प्रकाशित: शुक्रवार, ८ फागुन २०८२, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभाग ले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । 


विभागद्वारा जारी सूचना अनुसार आज शुक्रवार देखि उक्त निर्णय कार्यान्वयनमा आएको हो ।


महानगरपालिकाले हाल दैनिक रूपमा २३ वटा स्थानीय तहबाट संकलित फोहरमैला बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापन गर्दै आएको छ ।

 
फोहर विसर्जन स्थलमा अनधिकृत रूपमा फोहर तथा कवाडी संकलन गर्ने व्यक्ति तथा अन्य सर्वसाधारणको प्रवेशका कारण स्वास्थ्य तथा मानवीय जोखिम बढ्नुका साथै दुर्घटनाको सम्भावना उच्च रहेको विभागले जनाएको छ ।


ल्यान्डफिल क्षेत्रमा दैनिक रूपमा डोजर, एक्साभेटर, लोडर, जेट र ट्रिपरजस्ता हेभी सवारी साधन निरन्तर सञ्चालनमा रहने भएकाले अनधिकृत व्यक्तिको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने खतरा रहेको सूचनामा उल्लेख छ ।


महानगरपालिकाले अनुमति प्राप्त कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्ति बाहेक अन्य कसैले पनि ल्यान्डफिल साइट परिसरमा प्रवेश नगर्नरनगराउन आग्रह गरेको छ ।


सूचनाको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने तथा अनधिकृत प्रवेशका कारण कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने स्पष्ट पारिएको छ ।


सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex