१० आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

एमालेको घोषणापत्र सार्वजनिक: ५ वर्षमा अर्थतन्त्र १ सय खर्ब (घोषणापत्र सहित)


प्रकाशित: विहिवार, ७ फागुन २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १ सय खर्ब रुपैयाँ पुर्‍याउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ । 


विहिवार सार्वजनिक गरेको घोषणा पत्रमा पार्टीले आगामी १० वर्षभित्र अर्थतन्त्रको आकार २ सय खर्ब रुपैयाँ पुर्‍याउने दीर्घकालीन लक्ष्य पनि अघि सारेको छ ।


घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओली ले हरेक वर्ष ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको जानकारी दिए ।


घोषणापत्रमा विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निब्र्याजी ऋण उपलब्ध गराउने, महिलालाई २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने, स्वास्थ्य स्वयंसेविकाको मासिक भत्ता २० हजार रुपैयाँ बनाउने तथा गरिब परिवारको ऋण माफ गर्ने योजना समावेश गरिएको छ ।


त्यसैगरी, एमालेले तत्काल कार्यान्वयन गर्ने ११ वटा प्राथमिक कामको सूची सार्वजनिक गरेको छ। पाँच आधारभूत घोषणा र ‘समृद्धिका २५ स्तम्भ’लाई पनि घोषणापत्रमा प्राथमिकताका साथ राखिएको छ ।


अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने मन्त्रिपरिषद्ले समयसीमा तोकी ती ११ काम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीले समृद्धिका २५ स्तम्भमार्फत आर्थिक रूपान्तरण र दिगो विकासको आधार तयार गर्ने लक्ष्य लिएको जनाएको छ ।


घोषणा पत्र हेर्न क्लिक गनुहोसः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex