काठमाडौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
निगमले पेट्रोलमा रु १, डिजेर र मट्टितेलमा रु ३ बढाएको छ भने एलपी ग्यासमा २५ रुपियाँ बढाएको छ ।
बुधबार रातीदेखि लागु हुने गरि बढेको पेट्रोलिय पदार्थमा अब पेट्रोल रु११२, डिजेल र मट्टितेल रु ९८ र ग्यासमा रु १४ सय कायम भएको छ ।
विश्व बजारमा कच्चा तेल र डलरको भाउ बढ्दा पेट्रोलियम पदार्थको मुल्य आकासिएको हो निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताएको छ ।
अझ पनि निगमलाई निगमलाई १५ दिनमा ११ करोड १५ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।
Categorized in बजार