११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जापानको निर्वाचनमा एलडिपीको ऐतिहासिक जित


प्रकाशित: सोमवार, २६ माघ २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । आइतबार सम्पन्न जापानको तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ ।


यसअघिको निर्वाचनमा १९८ सिटमा सीमित रहेको एलडिपीले यसपटक एक्लै ३१६ सिट जित्दै दुई तिहाइ बहुमत पार गरेको हो । 


४६५ सदस्यीय तल्लो सदनमा दुई तिहाइ बहुमतका लागि ३१० सिट आवश्यक पर्छ ।


एलडिपीसँग गठबन्धनमा रहेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । यससँगै प्रधानमन्त्री ताकाइची नेतृत्वको सत्तारुढ गठबन्धनले कुल ३५२ सिट हासिल गरेको छ ।


यो नतिजा सन १९५५ मा एलडिपी स्थापना भएयताकै सबैभन्दा ठूलो जित हो ।  यसअघि सन १९८६ मा तत्कालीन प्रधानमन्त्री यासुहिरो नाकासोनेको नेतृत्वमा एलडिपीले जितेको ३०० सिटको रेकर्डलाई ताकाइचीले तोडेकी हुन ।


उता विपक्षी गठबन्धनको सिट संख्यामा भने ठूलो गिरावट आएको छ । सेन्टर रिफर्म कोलिसनले मात्र ४९ सिट जित्न सकेको छ, जबकि अघिल्लो निर्वाचनमा उसले १७२ सिट जितेको थियो ।
एलडिपी गठबन्धनबाहेकका अन्य दलहरूले जम्मा ११३ सिट प्राप्त गरेका छन । 


प्रधानमन्त्री ताकाइचीले जनवरी २३ मा संसदको तल्लो सदन विघटन गर्दै १६ दिनभित्र निर्वाचन गराउने घोषणा गरेकी थिइन । 


उनका प्रमुख चुनावी एजेन्डामा संविधान संशोधन, राष्ट्रिय सुरक्षा मजबुत बनाउँदै बलियो सेना निर्माण, तथा खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत उपभोग कर हटाउने विषय समावेश छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex