काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं. २ मा कुल २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन ।
निर्वाचन आयोग, नेपालका अनुसार यस क्षेत्रमा १६ राजनीतिक दलका उम्मेदवार र १२ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन ।
यस निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या ८८,७०८ रहेको छ ।
तीमध्ये पुरुष मतदाता ४३,३९३ (४८.९२ प्रतिशत र महिला मतदाता ४५,३५२ (५१.०८ प्रतिशत) रहेका छन । लैंगिक हिसाबले मतदाता संख्या करिब बराबर देखिएको छ ।
निर्वाचनका लागि क्षेत्रमा ४० मतदान स्थल र १०० मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको समावेशी अवस्था हेर्दा सबैभन्दा धेरै खस–आर्य समुदायका ७५ प्रतिशत उम्मेदवार रहेका छन । त्यसपछि आदिवासीरजनजाति २१.४३ प्रतिशत र र मधेशी ३.५७प्रतिशत प्रतिनिधित्व रहेको छ ।
उम्मेदवारको लिङ्गीय संरचनामा भने असन्तुलन देखिएको छ । कुल २८ उम्मेदवारमध्ये २२ जना पुरुष र ६ जना महिला रहेका छन ।
तस्वीरमा हेरौंः

Categorized in राष्ट्रिय