काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुन प्रतितोला २ हजार ४ सय र चाँदी २ सय ९० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको हो ।
आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४ सय र चाँदी ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
Categorized in बजार