१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विश्वकै सबैभन्दा ठुलो हीरा भेटियो


काठमाडौं । विश्वकै सबैभन्दा ठुलो हीरा अफ्रिकी देश सियारा लियोनको एक ग्रामिण क्षेत्र आडु गाउँमा भेटिएको विविसी हिन्दीले जनाएको छ ।
कहिल्यै जीवनमा यस्तो चम्किलो धातु कहिल्यै नदेखेको गाउँलेहरु यतिखेर गाउँमा खुसियाली मनाईरहेका छन् । गाउँलेहरुले आफ्नो जीवनमा परिवर्तन हुने वताएका छन् ।
भेटिएको हीरा ७ सय ९ क्यारेटको भएको र एक मुठ्ठी बराबर भएको एक गाउँलेले विविसीलाई वताएका थिए ।
लीलामीमा राखिएको सो हीराको मूल्य करिब ४२ करोड तोकिएको छ ।
सो क्षेत्रका गाउँलेहरुले हीरा अझै भेटिन सकिने आशा राखेका छन् । गाउँमा केही सुविधाहरु छैन न बिजुली, न अस्पताल, न त कुनै सडक , न त खानेपनि । उनीहरुले हीरा विक्री भएपछि जीवनमा सुधार हुने आशा राखेका छन् ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex