काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्थामा नरहेको स्पष्ट पारेकी छिन ।
काठमाडौंको भंगालमा राजनीतिक रिपोर्टरहरूसँग कुराकानी गर्दै उनले आफू सक्रिय राजनीतिमा फर्कने संकेत दिँदै केहीले त्यसबाट डराउन नपर्ने बताइन ।
“म अघि बढिसके, खुट्टा कमाउदिनँ,” पूर्वराष्ट्रपति भण्डारीले स्पष्ट शब्दमा भनिन् । एमाले राजनीतिमा फर्कने विषयमा उनले निर्णयको लामो प्रक्रिया सुनाएको बताइएको छ ।
उनले थपिन, “मेरो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिँदैछ, यस्तो बन्द हुनुपर्छ ।”
पूर्वराष्ट्रपति भण्डारीको यस अभिव्यक्तिलाई उनको सक्रिय राजनीतिक भविष्यतर्फ संकेतको रूपमा हेरिएको छ ।
फाइल तस्वीर
Categorized in राष्ट्रिय