काठमाडौं । मेक्सिकोकी २५ वर्षीया फतिमा बोसले ‘मिस युनिभर्स २०२५’ को ताज जितेकी छन ।
प्रतियोगितामा थाइल्याण्डका निर्देशक नवाट इटसाराग्रिसिलद्वारा बोसलाई अपमानजनक गालीपछि संसारको ध्यान आकर्षित भएको थियो ।
उक्त विवादले बोसलाई न केवल सम्मान दिलायो, तर विश्वभरका दर्शक र अन्य प्रतिस्पर्धीहरूबाट ठूलो समर्थन पनि प्राप्त गरिन ।
फतिमा बोसलाई गत वर्षकी विजेता डेनमार्ककी भिक्टोरिया केजर थेइलभिगले ताज पहिराइदिइन । यस वर्षको प्रतियोगितामा थाइल्याण्डकी प्रवीनर सिंह उपविजेता र भेनेजुएलाकी स्टेफनी अबासाली, फिलिपिन्सकी अहटिसा मनालो र आइभरी कोस्टकी ओलिभिया यासे पनि शीर्ष ५ मा परे ।
कार्यक्रममा १२० देशका प्रतिनिधिहरू सहभागी थिए, र मिस युनिभर्सको मंचमा महिला सशक्तिकरणका मुद्दामा बहस पनि गरिएको थियो ।
नेपालको सान्या अधिकारीको सहभागिता निराशाजनक
नेपालको प्रतिनिधित्व गरेका सान्या अधिकारीले यसपटक पनि प्रतियोगितामा विशेष सफलता हासिल गर्न सकिनन् ।
उनी अन्तिम ३० मा पनि स्थान बनाउन असफल भइन्। नेपालको राष्ट्रिय पोशाकले पनि अपेक्षित प्रशंसा प्राप्त गरेन ।
मिस युनिभर्स २०२६ः प्यूर्टो रिकोमा नयाँ अध्याय
अर्को वर्षको मिस युनिभर्स प्रतियोगिता प्यूर्टो रिकोमा हुने तय भएको छ । यस वर्षको विवाद र नेतृत्व परिवर्तनको पश्चात, आगामी प्रतियोगिता कोलाहलमुक्त र प्रगतिको दिशामा अघि बढ्ने आशा गरिएको छ ।
Categorized in सौन्दर्य