२ भाद्र २०८३, मंगलबार
Header

‘हुने काम भए एकछिन पनि नरोक्न र नहुने काम भए कसैले पनि नगर्नुः’ प्रमुख शाक्य


प्रकाशित: शुक्रवार, ६ भाद्र २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले हुने काम भए एकछिन पनि नरोक्न र नहुने काम भए कसैले पनि नगर्नु आग्रह गरेका छन । 


वडाका सचिव, इञ्जिनियर र लेखापालका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा प्रमुख शाक्यले सो कुरा बताउँदै सेवाग्राहीहरुलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन । 


भाद्र ४ र ५ गते सञ्चालन भएको आ. व. २०७६÷०७७ बजेट नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धि’ अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भन,े ‘ नीतिलाई आफ्नो—आफ्नो ढङ्गले व्याख्या गरेर होइन, सबैको समान बुझाइ बनाएर कार्यान्वयनमा लैजानु पर्छ ।’ 


एउटै काम एउटा वडामा हुने, अर्कोमा नहुने । जनप्रतिनिधिले हुन्छ भन्ने, कर्मचारीले हुँदैन भन्ने वा कर्मचारीले हुन्छ भन्ने, जनप्रतिनिधिले हुँदैन भन्ने गरियो भने नागरिकले सास्ती पाउने मात्र हुन्छ’ मेयर शाक्यले भने । 


प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले भने,‘अरुलाई दोष देखाएर आफू राम्रो बन्ने प्रवृत्ति छ भने त्यसले राम्रो गर्दैन । अब सुधार नगरि हुँदैन ।’ 


सो अभिमुखीकरण कार्यक्रममा महानगरका निर्देशक बसन्त आचार्यले बजेट नीति कार्यान्वयनका कानुनी अवस्थाका बारेमा प्रस्तुत गरेका थिए  भने सम्पदा तथा पर्यटन बिभागका प्रमुख राम थापाले सार्वजनिक निकायहरुको योजना सञ्चालनमा अनुगमन र मुल्याङ्कन सम्बन्धि प्रस्तुति दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex