७ बैशाख २०८१, शुक्रबार
Header

‘हिरो नेपाल’ हुनेले १० लाख पाउने


प्रकाशित: शनिवार, ३२ साउन २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा.लि.को आयोजनामा हिरो नेपाल हुने भएको छ ।


हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन । आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो नेपाल हो ।

 
स्वदेश तथा विदेशमा रहेका नेपाली तथा नेपालमा नै भएका विदेशीहरुको त्यो लुकेको प्रतिभालाई नै उजागर गर्ने उदेश्यले आयोजना हुन गैरहेको एकमात्र टेलिभिजन रियालिटी–शो कार्यक्रमको नाम हिरो नेपाल हो । 


हिरो नेपालमा आएर जुनसुकै उमेर समूहका क्षमतावान प्रतिभाशाली व्यक्तिहरुले प्रतिभा प्रदर्शन गर्न पाइन्छ । 


यस हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई पनि प्रस्तुत गरेर प्रवद्र्धन गर्न सकिन्छ । आउने नयाँ पिढीलाई सिक्ने माध्यमको रुपमा पनि हिरो नेपाल हुनेछ । 


यो राष्ट्रको गौरब तथा शानको रुपमा प्रस्तुत हुने जानकारी गराउन चाहन्छु । त्यो प्रतिभा प्रदर्शनलाई टेलिभिजन तथा युट्युबको माध्यमवाट विश्वमा उजागार गर्ने प्रमुख उदेश्य रहेको जानकारी आयोजक एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले दिएकी छन । 


कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, यस हिरो नेपालमा एकल, जोडी तथा समूह आएर भाग लिन पाउने प्रावधान राखेको छ । ती प्रतिभावनहरुको प्रतिभाको नेपालका ख्यातिप्राप्त १२ जना निर्णायकहरुले जजिङ गरिनेछ । त्यसको अलावा भोटिङ पनि हुने छ

त्यसरी जजिङ र भोटिङवाट प्रथम हुनेलाई नगद १० लाख, द्वितीयलाई ८ लाख र तेश्रो हुनेलाई नगद ६ लाख पुरस्कार प्रदान गरिनेछ। टप टेनमा पर्नेहरुलाई आकर्षक बिग गिफ्ट ह्याम्पायर प्रदान गरिने छ ।


३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रमोसनल शुटिङ भैसकेको छ । अवको दुई महिना पछि कात्तिकवाट अडिसन कार्यक्रम शुभारम्भ हुने भएको छ । अडिसन काठमाडौंको अलावा विराटनगर, बीरगन्ज, हेटौडा, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज लगायतका १२ स्थानमा अडिसन हुने भएको छ । अडिसनमा भाग लिन आयोजकको आधिकारिक वेबसाइट www.heronepal.com लगअन गरेर अप्लाई गर्न सकिन्छ । रजिष्ट्रेसनको लागि हिरोनेपालको आप डाउनलोड गरेर गर्न मिल्ने गरेर बनाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD