२७ बैशाख २०८१, बिहिबार
Header

‘हिजो आजका कुरा’ले दर्शकको मन जित्ने छः सन्तोष पन्त


प्रकाशित: बुधवार, २६ असोज २०७९, १८ः०० बजे 
- रचना शाही

काठमाडौं । वरिष्ठ हास्यकलाकार तथा चलचित्र ‘हिजो आजका कुरा’को प्रमुख पात्र सन्तोष पन्तले चलचित्रले दर्शकको मन जित्ने बताएका छन ।


बुधवार आयोजित पत्रकार सम्मेलनमा कलाकार पन्तले परिवारभित्र हुने कथा, कुरा, घट्नालाई समेटेर निर्माण गरिएको यस चलचित्र दर्शकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।


असोज २८ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिँदै चलचित्रका निर्देशक साकार पन्तल चलचित्रको प्रचार प्रसार लगायत र कथा बस्तुुवारे बताएका थिए ।


उनले चलचित्र हेरपछि दर्शकले आफ्नो पैसा खेर नगएको भन्न सक्ने गरी सिनेमा बनाएको दावी गरेका छन । 

 


सो चलचित्रमा सविन शाक्य, रमा थपलिया लगायत चर्चित कलाकारको प्रस्तुती हुने बताईएको छ । 


चलचित्रको व्याकग्राउण्ड म्युजिक स्कोरर भुपेन्द्र बज्राचार्य, कलरिष्ट विनय कंसाकार डाईरेक्टर अफ फोटोग्राफि रवि सायमि लगायतको उपस्थिती रहेको थियो । 


चलचित्र ‘हिजो आजका कुरा’ एक समयका चर्चित टेलिश्रृंखला हिजो आजका कुराकै नामबाट निर्माण गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD