१४ बैशाख २०८१, शुक्रबार
Header

‘हाम्रो पुरातत्व संरचना कोही भत्काउन चाहन्छः’ निर शाह


प्रकाशित: शुक्रवार, ३ बैशाख २०७८, २०ः३० बजे
- अजय खड्गी

काठमाडौं । वरिष्ठ सिनेकर्मी निर शाहले हामीले विरासतमा पाएका पुरातत्व संरचनाहरु कोही भत्काएर नयाँ संसार बनाउन लागेका बताएका छन । 


सिनेकर्मी शाहले शुक्रवार नाईस टेलिभिजनमा प्रशारित नेवाः कार्यक्रम ‘झीगु सः’को ५० औं भाग पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । 


उनले भने,‘ हामीले विरासतका रुपमा प्राप्त गरेका हाम्रो परातात्विक महत्वका चिजहरुलाई भत्काएर त्यसलाई अस्तित्वविहिन बनाउन चाहन्छ, अथवा ब्राम्हणको अस्तित्वको विरुद्धमा उसले एउटा नयाँ संसारका खडा गर्ने सपनाका साथ अघि बढिरहेको छ त्यसको ठयाक्कै विपरित ध्रुवमा एउटा यस्तो संगठित संस्कार पनि साईमुलटेनिसली सँग सँगै हुर्किएर गईरहेको जसले आफ्नो त्यो संस्कारलाई बचाउनका लागि, त्यो अस्तित्वलाई यथावत राख्न जीवनम सकेजति प्रयत्न गरेर आफ्नो अभियानलाई बढाईरहेको छ । म यो दोस्रो अभियानको पक्षधर हु ।’


अस्तित्वलाई जिवीत राखेमात्र हामीले हाम्रो मौलिक पहिचानहरुलाई अक्षुण्ण राख्न सक्छौ । तसर्थ हाम्रो जीवनकालमा मात्र होइन हाम्रो जीवनकालपछि आउने पीढीहरुका लागि पनि यो दुरगामी महत्वको कुरा हुने सिनेकर्मी शाहले बताए । 


शाहले हाम्रो अस्तित्वको रक्षा गर्नको हामी सबै सचेत हुनु पर्ने सिद्धान्तको पक्षमा आफू रहेको बताए । सो अवसरमा उनले आफ्नो भाषा, संस्कृति, सम्पदाका महत्व बोकेको नेवाः समुदायले आफ्नो शैलीलाई जोगाउन सक्नुपर्नेमा जोड दिए । 


सो अवसरमा झिगु सः रेडियो, झिगु सः अनलाईन पनि घोषणा गरिएको थियो विभिन्न व्यक्तित्वहरुलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो । 

 

 


झीगु सः कार्यक्रमका संयोजक राजुराज बज्राचार्यको सभापतित्वमा संचालित सो कार्यक्रममा वरिष्ठ सिने पत्रकार बिजयकृष्ण श्रेष्ठ, नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान, वरिष्ठ फोटो पत्रकार गौरी संकर धुजु, नेवाः राष्ट्रिय पत्रकार दबुका अध्यक्ष सुरजवीर बज्राचार्य लगायतका उपस्थिती रहेको थियो । 


कार्यक्रमलाई झिगु सःका प्रस्तोता राजीवराज राजोउपाध्याय, झीगु सः अनलाईनका विराकाजी राजोउपाध्याय, वरिष्ठ सिने पत्रकार बिजयरत्न अंसवरेलगायतले सम्बोधन गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD