७ बैशाख २०८१, शुक्रबार
Header

‘हाम्रो परम्परा, इतिहास, सँस्कृति जोगाउने काम गुठियारहरुले गरिरहेका छन’– प्रमुख शाक्य


प्रकाशित: आईतवार, ४ माघ २०७७, १५ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको संस्कृति, सम्पदा, ईतिहास गुठियारहरुले जोगाएको बताएका छन । 


काठमाडौं महानगरपालिको लगनटोलस्थित कीर्ति पुण्य महाविहार आँग छेँंको शिलान्यास गर्ने क्रममा प्रमुख शाक्यले सो कुरा बताएका हुन । गत शुक्रवार धार्मिक विधिअनुसार महाविहार आँग छेँको शिलान्यास गरेका हुन । 


सो अवसरमा शाक्यले भने,‘काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो । यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन् । तिनीहरुमध्ये केही सम्पदाहरुमा स्वामित्वको विवाद छ । केहीमा निकायगत समन्वयको अभाव छ ।यी सम्पदालाई यत्तिकै छोड्ने हो भने जीर्ण सम्पदा भग्नावशेषमा रुपान्तरण हुन्छन् । हामी त्यस्तो अवस्था हेर्न सक्दैनौं । त्यसैले स्वामित्वलगायतका विवाद छिचोलेर सम्पदाको मर्मत, सम्भार र पुननिर्माणलाई प्राथमिकता दिएका छौं ।’


काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रुपैयाँ रहेको छ । २०७८ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम थालिएको हो । 


पुननिर्माणको काम तुलसी कन्स्ट्रक्सनले पाएको छ ।


काठमाडौंमा १८ वटा मुख्य महाविहार छन । तीमध्ये लगं बहाः एक महत्वपूर्ण महाविहार हो । प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः बुद्ध शासनकालसँग जोडिएको सांस्कृतिक एवं पुरातात्विक महाविहार हो ।


महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रको दिगु द्यः को पुननिर्माण सम्पन्न गरेको छ । २०७२ सालको शक्तिशाली भूकम्पले दिगु द्यः क्षतिग्रस्त भएको थियो । दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता –दिगु द्यः० का रूपमा पुजिने गरेको छ । 


स्थानीय कुलभक्त शाक्यले, उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायः घरभन्दा टाढा खुल्ला चउरमा रहने गरेको बताउँदै घर छेउमै बहाल भित्र कुलदेवता रहेको लगं बहाः नै जानकारी दिनुभयो । हरेक वर्ष देवालीका दिन लगं बहाः अन्तर्गत रहेका शाक्य र वज्राचार्य समुदायको देवाली पूजा (देपुजा) यहीँ हुने गरेको छ ।


‘प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेग (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो । शाक्यकाअनुसार प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । यो क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबर्तेन्द्र मल्लको शासन कालका शिलालेख तथा चैत्य अहिलेसम्म पनि यत्रतत्र छरिएर छन ।


महाविहार रेखदेख समितिका सदस्य सुगन्धरत्न शाक्यले लगन टोलका शाक्य र बज्राचार्यहरुका इष्ट देवताको मन्दिर निर्माणसँगै विहार निर्माणमा महानगरपालिकाले सहयोग गर्दा उत्साहित भएको बताउनुभयो ।


महाविहारको उत्तर खण्डमा अर्को पनि आँग छेँ पुननिर्माण भइरहेको छ । भुइँतलाको काम भइरहेको यस संरचनाको मेयर शाक्यले निरीक्षण गर्नुभयो ।


बुद्धको शासनपछि करीब २ हजार ४ सय बर्षपछि कपिलवस्तुबाट शाक्यहरु लखेटिए । त्यहाँबाट लखेटिएका शाक्यहरु विभिन्न ठाउँमा गए । तीमध्ये केही लगँ वहालमा आए । यतै बस्ती बसाए भन्ने विश्वाश छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD