८ बैशाख २०८१, शनिबार
Header

‘हामी कसैलाई पनि भोकै हुन दिँदैनौं’– प्रमुख शाक्य


प्रकाशित: आईतबार, १६ चैत्र २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनको अवस्थामा कसैलाई पनि भौकै बस्न नदिने बताएका छन ।


महानगरभित्र रहेको बेरोजगार र दैनिक ज्यालादारी गर्ने मजदुरहरको चाँडोभन्दा चाँडो तथ्यांक संकलन गरी उनीहरुलाई राहत साम्रगी वितरण गर्ने तयारी भईरहेको प्रमुख शाक्यको भनाई छ । 


प्रमुख शाक्यले काठमाडौंमा कोरोना (कोभिड — १९) संक्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितहरुलाई राहत र सहयोगका कार्यक्रम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एउटै ढोकाबाट हुने बताए । 


महानगरका प्रमुख शाक्यसँगै जिल्लाका प्रदेश सभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र सुरक्षा अधिकारीसहितको छलफलमा  सहरमा भएका कोही पनि भोकै नपरुन भनेर आफूहरुले सम्पूर्ण तयारीमा जुटेको प्रमुख शाक्यले जनाकारी दिए । 


त्यसैगरी प्रमुख शाक्यले केही प्राबिधिक कारणले ल्याण्डफिल साइट जान नसकेको फोहोर जान थालेको बताए । जनजीवन सहज बनाउन खाद्यान्न पसल सञ्चालन गर्न आवश्यक छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD