३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

‘हनी ट्रयाप’को आरोपमा काठमाडौबाट २ महिला पक्राउ


प्रकाशित: विहिवार, ५ चैत्र २०७७, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । बलात्कार झुठा मुद्दामा फसाई दिने भन्दै रकम असुली गर्ने २ महिलालाई प्रहरीले काठमाडौबाट पक्राउ गरेका छन ।


प्रहरीले जिल्ल सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा १० घर भएकी काठमाडौं घट्टेकुलो बस्ने लालसरी साही (लिलिता) र सो जिल्ला र नगर घर भई कपन बस्ने कल्पना हमाललाई हिजो पक्राउ गरेका हो । 


काठमाडौंको कोटेश्वर बस्ने एक ५२ बर्षिय पुरुषलाई ब्लयाकमेल गरी ३ लाख २ हजार ५ सय लिई थप ८ लाख रकम माग गरिरहेको अनुसन्धानमा खुल्न आएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । 


प्रहरीका अनुसार ती महिलाले पुरुषलाई सुन्धारा स्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा संगै बसको फोटो भिडियो खिचेर व्लयाकमेल गर्दै आएको थियो ।


पक्राउ परेकी लालसरी शाहीसँग एक बर्ष अघिको चिनजान ती पुरुषलाई होटलमा बसेको समयमा सबै पैसा हराएभन्दै भेट्ना बोलाएपछि सो कार्य गरेको प्रहरीले बताएको छ । 


हाल पक्राउ परेका महिलाको समूहले यस्तै प्रकारको कार्यविधि अपनाई ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छोडे पश्चातः भिडियो भाईरल गराई बदनाम गराउने तथा ज.ज.क.को मुद्दा लगाउने सम्मको डर त्रास देखाई पुनःरकम असुल गरेको खुलेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex