१० बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

‘स्वर्णप्राशन थोपा’कार्यक्रम सुरु


प्रकाशित: मंगलवार, ३ भाद्र २०८२, १२ः५० बजे
- महानगरखबर

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता वृद्धि गर्ने उद्देश्यले आयुर्वेदिक पद्धतिको ‘स्वर्णप्राशन थोपा’ देशभर वितरण गर्ने निर्णय गरेका छन ।


स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर तयार पारिने यो थोपा सेवन गरे बालबालिकाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने विज्ञहरूको भनाइ छ । 


मन्त्रीस्तरीय निर्णयबाट जन्मिएको ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई यो थोपा उपलब्ध गराउने निर्देशिका समेत स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पहिलो चरणमा २५ आयुर्वेदिक स्वास्थ्य संस्थाबाट कार्यक्रम सुरु हुनेछ भने आगामी वर्षदेखि सबै आयुर्वेदिक संस्थामार्फत विस्तार गरिनेछ ।


“देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवद्र्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य सुरक्षामा यो महत्वपूर्ण कदम हो,” प्रवक्ता बुढाथोकीले भने ।


यससँगै मन्त्री पौडेलले आयुर्वेदिक औषधि तथा उपचार पद्धति प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ‘जिएमपी प्रमाणपत्र’ प्राप्त गर्ने व्यवस्था मिलाएका छन । यसले स्वदेशी उत्पादनलाई विदेश निर्यातमै सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।


यस्तै, नयाँ बजेटमार्फत देशका सबै स्थानीय तहमा ‘नागरिक आरोग्य कार्यक्रम’ समेत अघि बढाइने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex