१४ बैशाख २०८१, शुक्रबार
Header

‘स्थानीय भाषा पढाउने महानगरको कार्यक्रमले भाषा, संस्कृति संरक्षण हुने’– प्रा.डा. चुन्दा बज्राचार्य 


प्रकाशित: आईतवार, ४ माघ २०७७, २१ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौ महानगरपालिकाको स्थानीय भाषा (नेपाल भाषा) पठन÷पाठन गराउने कार्यक्रमले भाषा, संस्कृतिको संरक्षण हुने प्रा. डा. चुन्दा बज्राचार्यले बताएकी छिन । 


महानगरपालिकाका मेट्रो एफएमबाट अहिले नियमित रुपमा नेपाल भाषाको पाठ्यक्रम पढाईरहेको जानकारी दिँदै उनले भनिन,‘ यसलाई अझ प्रभावकारी बनाउने अनलाईन मार्फत गर्न सकियो भने झनै सहज र बुझ्न सजिलो हुन्छ । अहिले हामीले रेडियो मार्फत पढाईरहेका छौ तर पनि प्रभावकारी देखिएको छ । सकारात्मक प्रतिक्रियाहरु नै आईरहेको छ ।’


नेपाल भाषाको पाठ्यक्रम पढाउने तरिका एकदमै व्यवहारिक र उपयोगी रहेको प्रा.डा. बज्राचार्य बताईन । एक देखि ३ सम्म सय प्रतिशत प्रयाक्टिल रहेको उनको भनाई छ । 


उनले भनिन,‘ सरस्वती मुर्ति, चोक, गणेश, भैरव, योःमरी बनाएर बच्चाहरुलाई देखाउने, यसरी देखाउँदा उनहरुले सहजै बुझ्ने हुन्छ । दैनिक व्यवहारमा गरिने/देखिने कुराहरुलाईनै हामीले स्थानीय भाषाको प्रयोग गरेर सिकाउने हो । यो नेपालमा मात्र होइन विश्वभरी यसरी सिकाईन्छ ।’


त्यसैगरी कक्षा चार र पाँच ७५ प्रतिशत प्रयाक्टिल र २५ प्रतिशत थ्योरी हुने छ । कक्षा ६, ७ र ८ मा ५० प्रतिशत प्रयाक्टिल र ५० प्रतिशत थ्योरी हुने डा. बज्रचार्यले जानकारी दिईन । 


महानगरभित्रका विद्यालयमा पढाउँदा स्थानीय सम्पदा, संस्कृति, बर्षभरी मनाईने चाँडपर्व, रितिरिवाज, स्थानीय वासिन्दाहरुको संस्कारको कुराहरु, मठ, मन्दिर लगायतका विषयमा पढाई हुने डा. बज्राचार्यले बताईन । 


महानगरभित्रका ८० प्रतिशत र महानगरको वरपर कीर्तिपुर, चन्द्रागरि, थानकोट, ललितपुर,ठीमी, टोखालगायतका क्षेत्रका २० प्रतिशत विषयमा वस्तु पाठयक्रममा राखिएको छ । 


स्थानीय भाषाको माध्यमबाट शिक्षा दिँदा त्यस ठाउँको स्थानीय मौलिकता हनन हुन दिँदैन, यसलाई निरन्तरता दिँदा पुस्तान्तरण हुने हुन्छ । 


काठमाडौं महानगरले सुरु गरको स्थानीय भाषाको पाठय्क्रमहरु अरु पालिकाहरुले पनि आफ्नो क्षेत्र, भूगोल, भाषा अनुसार लागु गर्न सकेको खण्डमा नेपालमा रहेका सबै मातृभाषाहरुको संरक्षण हुने विश्वास बज्राचार्यले व्यक्त गरिन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD