काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुने बताएका छन ।
शनिवार काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा श्रद्धाञ्जली सभमा प्रमुख शाक्यले सो कुरा बताउँदै भने, पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको हो ।’
यस बर्ष सहिद सप्ताहका कार्यक्रमअन्तर्गत पहिलो दिन शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । शास्त्रीको श्रद्धाञ्जली सभा गरिएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।
सो अवसरसमा आर्य समाजका सचिव कृष्णप्रसाद आर्यले सहिदहरुले त्यो प्रतिकुल समयमा पनि खरो बोल्ने हिम्मत गरेकै कारण आज हरेक जनताले नागरिक अधिकार प्रयोग गर्न पाएका बताए ।
ा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य, कर्मचारी र जनसाधारणको उपस्थिति थियो ।
शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरे । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।
Categorized in राष्ट्रिय