१५ चैत्र २०८०, बिहिबार
Header

‘सहकारीको प्रभावकारी अनुगमन, नियमन भए समस्या आउँदैन’ (भिडियो)


प्रकाशित: शनिवार, २० फागुन २०७९, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । नोबल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्रराज ताम्रकारले सहकारीको प्रभावकारी अनुगमन तथा नियमन भए समस्या नआउने बताएका छन ।

 
स्थानीय सदस्यहरुलाई आधार बनाएर स्थापना भएका सहकारीमा समस्या नदेखिएको अध्यक्ष ताम्रकारको भनाई छ । 

 


‘स्थानीयहरुलाई आधार मानेर अघि बढ्ने खोजेमा निश्चितमा रुपमा स्टेनवल हुन सक्छ । अहिलेको प्रमुख चुनौति भनेको ३० हजार सहकारीहरुलाई नियमन गर्न सरकार चुकेको छ, हुन त स्थानीय निकायलाई अधिकार प्रदान गरिएको तर पनि नियमन र अनुगमन हुन सकेको छैन ।’ उनले भने । 


केही समय अघि ललितपुर महानगरले जुन १० वटा सहकारीलाई कार्वाही गरेको छ, त्यो स्वागतयोग्य भएको अध्यक्ष ताम्रकारले बताए । सहकारी ऐन विपरित सञ्चालन हुने, स्वार्थप्रेरित भएर सञ्चालन हुने सहकारीहरुलाई कार्वाही गर्न जरुरी हुने उनको भनाई छ । 

 


उनले मनपरिढंगबाट सञ्चालन गरिने सहकारी संस्थाको कारणनै आज वचतकर्ताहरु सहकारीप्रति विश्वास घटेको पनि उनले बताए । 


अध्यक्ष ताम्रकारले आफ्नो सहकारी (नोबल) स्थानीय वचतकर्ताहरुलाई आधार बनाएर सञ्चालन गरेकोले यस क्षेत्रमा राम्रो काम गर्न सकेको बताएका छन ।


उनले सहकारीले आफ्नो ग्राहकलाई जुनसुकै बेला पनि सेवा दिन सक्षम भएकोले नोबलमा ग्राहकको विश्वसनिता बढेको दावी गरे । सहकारीले समाजिक दायित्व अन्तर्गतका कामहरु पनि नियमित गर्दै आएको बताएका छन । 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD