६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘सरुवामा अब भनसुन चल्दैन’ – मन्त्री मोदी


प्रकाशित: मंगलावर, ९ फागुन २०७९, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री अमनलाल मोदीले कुनै पनि किसिमको सरुवामा भनसुन नचल्ने बताएका छन ।

 
उनले मोरङ विराटनगरमा आज आयोजित सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको एक नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सो बताएका हुन । 


नेताको भनसुनको भरमा कर्मचारी सुरुवा गर्ने बेथितिलाई न्यूनिकरण गर्न नीतिगत व्यवस्था गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । 


‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौ, सरुवामा अब भनसुन चल्दैन ।’ मोदीले भने ।


माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न समेत मन्त्री मोदीले आग्रह गरे ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex