४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

‘सबै धर्मका राम्रा कुरा बाडौंः’ पाण्डे


प्रकाशित: सोमबार, १४ माघ २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । अन्तर धार्मिक शान्ति महासंघ (आईपिएफन) नेपालले सोमबार काठमाडौमा मिडियासँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 


‘अन्तर धार्मिक शान्ति र सद्भावमा मिडियाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यक्रम संयोजक नरेन्द्र पाण्डेले ‘सबै धर्मका राम्रा कुरा बाडौं र नराम्रा कुरालाई वाईपास गर्नु पर्ने बताएका छन् । 


संयोजक पाण्डेले भने, ‘विभिन्न धर्मका धर्म गुरुहरुलाई एकै ठाउँमा राखेर डायलग गराउन सकेको खण्डमा शान्ति र सदभाव समाजमा फैलिनेछ, साथै धर्मका राम्रा कुराहरु समाजमा एकै पटक जान्छ ।’ यस किसिमको अभ्यास मिडियाले गर्नुपर्नेमा पाण्डेको भनाई थियो । 


मिडियाले इन्रफेथ (अन्तर धार्मिक) ले उठाएका विषयहरुलाई स्पेस दिन पाण्डेले सो कार्यक्रममा मिडियक्रर्मीहरुसँग आग्रह पनि गरे । 


त्यसैगरी उनले भने, मिडियामा खाली भ्रष्टाचार, हत्या, हिंसा, आन्दोलनका समाचारहरु मात्र आउनले भोलीको दिनमा हाम्रो समाज कस्तो होला, यसबारे मिडियाकर्मीहरुले सोच्नुपर्ने हुन्छ ।’


सो कार्यक्रममा सञ्चारकर्मी प्रभात चलाउनेले मिडियाले ‘समाजमा शान्ति र सदभाव’ ल्याउन सक्ने मिडियाको दायित्व र भूमिकाबारे प्रस्तुती दिएका थिए । 


सञ्चारकर्मी चलाउनेले सुन्दर समाज निर्माणको लागि आजको समयमा इन्रफेथ जस्ता संस्थाहरुले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।


इन्रफेथका उपाध्यक्ष तथा कार्यक्रम स–सहयोजक पियारत्न महर्जनले संचालन गरको सो कार्यक्रममा नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सिमा खानले इन्रफेथका अभियानलाई साथ दिन मिडियाको महत्वपूर्ण भूमिका हुने बताए । 


उनले मिडियाको सहकार्य विना अन्तर धार्मिक संस्थाले उठाएका शान्ति र सदभावका विषयहरु समाज जान नसक्ने भएकोले मिडियाको सहयोगको अपेक्षा गरे । 


त्यसैगरी कार्यक्रममा इन्टरफेथका विपी खनाल, रामचन्द्र भण्डारी लगायतले इन्रफेथका बारेमा मिडियासँग अन्तरक्रिया गरेका थिए । 


कार्यक्रममा विभन्नि मिडियाबाट आएका सञ्चारकर्मीहरुले पनि आयोजक संस्थासँग आफ्नो जिज्ञाहरु व्यक्त गरेका थिए । 


युनाईटेड मिसन टु नेपालको सहयोगमा आयोजित सो अन्तरक्रिया कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक पाण्डले सबैलाई धन्यावाद दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex