७ मङ्सिर २०८२, आइतबार
Header

‘सबैभन्दा महंगो असी हजारको टयाटु खोपेको छु’ –टयाटु आर्टिस्ट प्रदीप खड्गी (भिडियो)


प्रकाशित: सोमवार, १० फागुन २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । टयाटु आर्टिस्ट प्रदीप खड्गीले आफ्नो करिअरमा सबैभन्दा महंगो असी हजारको टयाटु खोपेको बताएका छन । 

 


एघार बर्ष अघि देखि निरन्तर आर्टिस्ट पेशमा आवद्ध खड्गीले यो आफ्नो प्यासन भएकोले पैसाको दररेट भन्दा पनि ग्राहकको सन्तुष्टीलाई ध्यान दिने गरेको सुनाए । 

 


काठमाडौंको क्षेत्रपाटी चोकमा फ्रेन्ज टयाटु ईन संचालन गरिरहेका उनले पछिल्लो समय टयाटु पेशनको रुपमा विकास भएकोले मानिसहरु आफूलाई मनपर्ने चित्र, कलाकार, भगवान, गर्लफ्रेण्ड, श्रीमतिको नामको टयाटु खोप्न आउने गरेको बताए । 
पहिला पहिला हजुरआमाहरुको पालामा टयाटु खोप्नुको खास अर्थ रहेपनि अहिले भने फेसनमात्र भएको उनको भनाई छ । खड्गीले भने, ‘ पहिला मानसिहरु सोचेर टयाटु हान्ने गर्दथ्यो, मेरो हजुराआमाको कुरा गर्नुपर्दा चन्द्रमा हान्नु भएको थियो त्यसको रिजन थियो ।’

 


आफूले हलिउडका कलाकार वाङ हु, नेपालका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, अहिलेको चर्चित कमेडियन हिमेश पन्त, कलाकार रोहित रुम्बालाई टयाटु खोपिसकेको बताए । 

 

 

 


फोटो क्रेडिटः फ्रेन्च टयाटु ईन

asteriskhubs
Home Page Bottom Second


maharjan complex