२ कार्तिक २०७६, शनिबार
dasai suv 2076

‘व्यवसायीलाई दुःख दिने नियतले अनुगमन गर्नुहुँदैन’


प्रकाशित: बुधवार, २५ पुष २०७५, २०ः११ बजे
- महानगरखबर

उपत्यकामा आधुनिक बधशालाको लागि लामो समयदेखि सक्रिय मासु व्यवसायीको रुपमा परिचित तथा सामाजिक, जातिय उथ्थानमा क्रियाशिल नेपाल खड्गी सेवा समितिका केन्द्रिय उपाध्यक्ष , बौद्ध, जोरपाटी शाखाका सल्लाहाकार र नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकृष्ण खड्गी लगायतका मासु व्यवसायीहरुले हालै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित चुनिखेल बधस्थल सञ्चालनमा ल्याएका छन । 


यसै विषयमा वधस्थलका उपसंयोजक समेत रहेका खड्गीसँग महानगरखवर डटकमका प्रतिनिधिले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ –


– चुनिखेल बधस्थल संचालनबारे बताईदिनुहोस न ?


    आम उपभोक्तालाई स्वस्थकर, गुणस्तर मासु उपभोग गराउने उदेश्यले हामी केही व्यवसायीहरुको संयुक्त पहलमा २०७५ साल भाद्र ७ गतेबाट चुनिखेल वधस्थल सञ्चालनमा ल्याएका हौं । 


– वधस्थलबाट दैनिक उत्पादन के कति रहेको छ ?


    भर्खरै सञ्चालनमा आएकोले अहिले दैनिक ६/७ वटा राँगा, भैसीहरुको वध गरिन्छ । व्यवसायिक रुपमा अहिलेको उत्पादन भविष्यमा बढ्नेछ । हामीले अरु व्यवसायीहरुलाई पनि बधस्थलबाटै मासु उत्पादन गर्न आग्रह गरिरहेका छौं । 


– बधस्थलको आधुनिक रुप कस्तो छ ?


    बधस्थल आधुनिक रुपमा वायोग्यास प्लान्टसहित भएकोले यसमा फोहर, दुर्गन्ध भन्ने कुरा पटक्कै हुँदैन । बधस्थल भन्ने वित्तिकै मानिसहरुले दुर्गन्ध हुने कुरा सम्झन्छि तर अहिले निर्माण गरिएको विकसित बधस्थलमा फोहर, पानी, रगत सबै कुराको निकास छुटा छुट्टै हुने देखि लिएर त्यसबाट निस्केको फोहरबाट सिधै ग्यास नै उत्पादन हुने भएपछि दुर्गन्ध र फोहर एकरती पनि हुँदैन । स्वच्छ, सफा र स्वस्थकर मासु उत्पादननै हाम्रो बधस्थलको मुख्य उदेश्य हो ।    


– उत्पादीत मासु कहाँ कहाँ वितरण भईरहेको छ ?


    यहाँ बाट उत्पादित मासु बौद्ध कामपा ६ वडा, कपन, धुम्बाराही, तिनचुली, चुनिखेल लगायतमा मासु विक्री वितरण हुने गरेको छ । माग भएको खण्डमा हामी अन्यय स्थानमा पनि वितरणको लागि व्यवस्था मिलाउन सक्छौं । 


– सरकारले अनुगमनको नाममा व्यवसायीहरुलाई दुःख दिने गरेको छ भनिन्छ, यसबारे तपाईको भनाई के छ ?


    सरकारले अनुगम गर्नु एकदमै राम्रो हो तर अनुगमनको नाममा दुःख दिने नियत राखेर अनुगमन गर्नु चाँही व्यवासायीलाई तर्साउने कुरा हो । व्यसायीहरुको पनि आफ्नै पीडा, दुःखहरु रहेका छन यसलाई सरकारले बुझ्न आवश्यक छ । 
    व्यवसायीहरुलाई खाली दुःख दिने मात्र होइन व्यवसायीहरुको आवश्यक्तालाई पनि सरकारले बुझेर काम गर्न सक्नु पर्दछ । व्यवसायीहरुलाई तालिम, सचेतना मुलुक कार्यक्रमहरु, व्यवसायीहरुबाट कर लिए अनुसार उनीहरुको पूर्वाधारमा ध्यान दिन जरुरी छ । सरकारको अनुगमनलाई प्रभावकारी बनाउनु पर्दछ । मासु जस्तो खाद्यन्नमा सरसफाई, स्वस्थकर, गुणस्तर अनिवार्य हुुनु पर्दछ । 


– काठमाडौ महानगरपालिकासँग सहकार्य गरेर बधशाला निर्माण गर्ने कुरा कहाँ पुग्यो ?


    २०६७ सालतिर महानगरसँग एक किसिमको सहकार्य भएको तर महानगरको लापरवाहीको कारण सफल हुन सकेन । भविष्यमा काम गर्ने महानगरको सोच भने छैन जस्तो लाग्छ ।  महानगरमा वास्तविक व्यवसायीहरु नभई अनेक तत्वहरु मासु व्यवसायीको नाममा फाईदा लिन खोज्नेहरु बेला–बेलामा गईरहेको देखिन्छ । महानगरले पछिल्लो समय व्यवसायीहरुको सिधै सम्पर्क बढाएको छैन । 


– बधस्थलको व्यवसायिक फाईदाहरु के – के छ त ?


    वधस्थलको फाईदा भन्नु पर्दा सबभन्दा पहिले त जनस्वास्थ्यमा सुधार हुन्छ, फोहर व्यवस्थापन हुन्छ, मासुको हड्डी वोसोहरुको उपयोग हुन्छ, उपभोक्तारुले स्वच्छ, स्वस्थ्यकर मासुहरुको उपभोग गर्न पाउँछन । व्यवसायिक रुपमा भन्नु पर्दा नाफा घाटा भने भईरहन्छ । 
–  मासु व्यवसायप्रति राज्यको दृष्टिकोण सकारात्मक बनाउन के गर्नु पर्दछ ?


    सबैले उपभोग गर्ने मासु जस्तो उपभोग्य बस्तुमा सरकारको दृष्टिकोण सकारात्मक हुनु पर्दछ किन भने व्यवसायीहरुले राज्यले लगाएको कर तिरेर आफ्नो व्यवसाय गरिरहेको छ तर पनि व्यवसायीहरुप्रति सन्तुष्ट नदेखिनु दुःखद कुरा हो । 


– उपभोक्ता र व्यवसायीहरुलाई केही भन्नु हुन्छ की ?


    उपभोक्ताहरुलाई म के भन्न चाहन्छु भने मासुको शुद्धता, सरसफाई र गुणस्तरमा ध्यान दिएर मात्र उपभोग गर्नु होला किन भने हाम्रो स्वास्थसँग हामीले खेलवाड गर्नु हुँदैन । अर्को कुरा व्यवसायीहरुले पनि उपभोक्तालाई सधै स्वस्थकर, गणस्तर मासु विक्री गरी आफ्नो व्यवसायिक धर्म पालना गर्न अनुरोध गर्दछु । व्यवसायीहरुले आधुनिक वधस्थलबाट मासु उत्पादन गरेर विक्री वितरण गर्न सके एकदमै राम्रो हुने थियो । साथै वधस्थलको अभाव भएका कोही व्यवसायीहरु छन भने हामीसँग सहकार्य गर्न पनि यसै अन्तवार्ताबाट आग्रह समेत गर्दछु । धन्यवाद ।
 

jibanshaili
tamrakar samaj


dasai shusil
dasai bijay
dasai ishower
munna jaiswal
dasai naya
chunikhel badhstahal
maa dakshinkali
bijay card
tika travel
D R Shushil