३१ श्रावण २०८३, आइतबार
Header

‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’को नेपाली संस्करण प्रकाशित


प्रकाशित: शुक्रवार, २१ भाद्र २०८१, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । बौद्ध धर्ममा पञ्जबुद्धलाई निकै महत्व दिएर पुजाआजा गर्ने र ज्ञानगुनका कुरा सिक्ने गरिन्छ । यस्तै पञ्चबुद्धको विशेषता र महत्वलाई लिएर वौद्ध विदुषी सुमति बज्राचार्यले लेख्नुभएको ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ नामक नेपाली संस्करण पुस्तकको एक समारोहकाबिच भर्खरै विमोचन कार्यक्रम सम्पन्न भएको छ । 


पुस्तक विमोचन कार्यक्रमा बौद्ध पुस्तकका लेखक विदुषी सुमति गुरुमाले पुस्तकको महत्व र विशेषतालाई लिएर पुस्तकमा समावेश विषवस्तुहरुमाथि प्रकाश पार्नुभयो । 


धर्मधर लामा वांगचुक तपदेनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा लुम्विनी वौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. ह्रदयरत्न बज्राचार्य, त्रिविवि बौद्ध विभाग प्रमुख डा. चन्द्र कला घिमिरे, नेपाल श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार ओम श्रेष्ठ रोदन, पुस्तकका सम्पादक पुण्य प्रसाद पराजुली लगायतकाले वौद्ध धर्मका विविध पक्षबारे आफ्ना बिचारहरु राख्नुभएको थियो । 


बसन्तराम नकर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भाषा आयोगकका सदस्य सुरेश किरण मानन्धर विशिष्ट अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो ।  यसअघि नेपालभाषामा प्रकाशित पुस्तकलाई अहिले नेपाली भाषामा प्रकाशन गरिएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex