१२ श्रावण २०८१, शनिबार
Header

‘वडावासीको माग अनुसारनै बजेट, स्वयम्भूलाई विश्वको ध्यान केन्द्रित गर्ने गरी काम गर्दैछौ, पुर्वाधार विकाससँगै सयौंलाई रोजगारीमा जोडेका छौं’ (भिडियो)


प्रकाशित: मंगलवार, १ जेठ २०८१, ०८ः०० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ वडा अध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदामा सुचिमा रहेको स्वयम्भुलाई विश्वको ध्यान केन्द्रित गर्ने गरी काम गरेको बताएका छन ।

 
अध्यक्ष डंगोलले बसन्तपुरदेखि स्वयम्भूनाथ सम्मको सम्पदा मार्गको काम तिव्र रुपमा अघि बढेको उनले सुनाए । 


आगामी ३ बर्षभित्र यस सम्पदामार्ग पूर्ण रुपमा तयारी हुने विश्वास व्यक्त गर्दै उनले भने,‘ हेरिटेज वाक वसन्तपुर विश्वसम्पदा देखि स्वयम्भू विश्व सम्पदासम्मको माग जोड्न हामीले पुरात्व विभाग, सहरी विकास मन्त्रालय अनि काठमाडौं महानगरपालिका र वडा मिलेर काम गरिरहेका छौ ।’

 


अहिले सो मार्गमा ढुंगा विछ्याने काम सहरी विकास मन्त्रालय, फल्चा निर्माण पुरातत्व विभाग र डल्लु चौताराको फल्चा वडाले बनाईरहेको अध्यक्ष डंगोलले बताए । 


उनले सम्पदा मार्गमा हिड्ने वाहय तथा आन्तरिक पर्यटकलाई सुरुक्षाको प्रत्याभूति दिने, सुरक्षित मार्ग, शान्त, कुनै पनि प्रकारको डिस्टर्व नुहने, पारिवारिक रुपमा आउने सक्ने गरी काम भईरहेको उल्लेख गरे । 


त्यसरीनै ठमेलबाट शोभाभगवती, बिजेश्वरी हुँदै स्वयम्भूसम्म पुुग्ने गरी पर्यटन मार्गको रुपमा विकास गर्ने कार्यलाई अघि बढाएको उनले बताए । 


उनले यस वडाले सञ्चालन गरेको उद्यमशिल तालिमबाट सयौं वडावासीहरु रोजगारी तथा आयमूलक काममा जोेडेको बताएका छन । साथै वडामा हरियाली विकास गर्नका लागि सार्वजनिक स्थानमा पार्कहरु निर्माण गरेको पनि बताए । 


साथै जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण, स्वास्थ्यको लागि योग तालिम, महिलाहरुलाई साईकिलिंग तालिमहरु सञ्चालन गरेर आत्मनिर्भर बनाउन वडा सफल भएको अध्यक्ष डंगोलको दावी रहेको छ । 


आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट निर्माणको लागि वडावासीको माग अनुसारनै बजेट तर्जुमा गरिने पनि अध्यक्ष डंगोलको भनाई छ ।

 
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex