१२ श्रावण २०८१, शनिबार
Header

‘वडाका महिलाहरुद्धारा यस बर्ष सिप, तालिमको लागि बजेट माग’ (भिडियो)


प्रकाशित: मंगलवार, १ जेठ २०८१, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य तथा १५ वडा सदस्य मैँया लक्ष्मी महर्जनले वडाका महिलाहरुलाई प्राथमिकता राखेर बजेट निर्माण गर्ने बताएकी छिन ।


कार्यपालिका सदस्य महर्जनले विगतका बर्षहरुमा पनि महिलाहरुलाई सिपमुलक तालिम, स्वरोजागर तालिम, स्वास्थ्य सचेतना लगायतका कार्यक्रमहरु संचालन गरेको जानकारी दिईन । 


उनले यस वडामा स्वास्थ्यसँगै आत्म निर्भर गराउने उद्देश्यले सञ्चालन गरेका साईकल तालिमबाट २ सय जना भन्दा बढि महिला लाभान्दित भएको सुनाइन । 

 


आर्थिक बर्ष २०८१/०८२ का लागि पनि महिला दिदी बहिनीहरुको लागि विभिन्न आय आर्जन तथा सिपयुक्त कार्यक्रमसहित बजेट निर्माण गर्ने योजना रहेको बताइन । 


बजेट निर्माणका लागि माग गरिएको कार्यक्रममा महिला दिदिबहिनीहरुले टेक्नोलोजिका तालिमहरु कम्युटर, शिक्षा, उद्घोषण लगायतका कार्यक्रमहरु ल्याउने उनले उल्लेख गरिन । 


वडामा आउने विभिन्न समस्याहरुको विशेष गरी वडाको न्यायिक समितिमा अंश मुद्दा, श्रीमानश्रीमतिको विवाद, अन्य झैझगडा, सिमा मिचेका विषय, घर भाडा खाली गराउने आउने गरेको सुनाईन । 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex