१४ बैशाख २०८१, शुक्रबार
Header

‘लोडसेडिङ हुँदैनः’ हितेन्द्रदेव शाक्य


प्रकाशित: शनिवार, १८ पुष २०७७, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको कुनै सम्भावना नरहेको बताएका छन ।


शुक्रवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले भने,ऊर्जाका अन्य स्रोत बन्द गरी विद्युतको खपत बढाउनुहोस्, लोडसेडिङ इतिहास भयो ।’


केही दिन यता विभिन्न सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ सुरु भएको भन्दै जनमानसमा मानसिक त्रास उत्पन्न भएको भन्दै सोलाई स्पष्ट पार्न पत्रकार सम्मेलन गरेको बताउँदै शाक्यले भने, ‘तपाईँहरुबाट व्यक्त भैरहेको चिन्ता र चासोप्रति हाम्रो ध्यानाकृष्ट भएको छ ।’


उनले व्यवस्थापन नयाँ भएकाले पनि सञ्चारमाध्ययम र जनमानसमा मानसिक त्रास उत्पन्न भएको होला तर सबैलाई आश्वस्त पार्दै भन्न चाहन्छु लोडसेडिङको कुनै सम्भावना छैन ।


ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभयो । 


शाक्यले विद्युत उपभोक्ताको माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्रै लोडसेडिङ गर्नुपर्ने बाध्यता रहने भन्दै अहिले त्यस्तो अवस्था नभएको पनि प्रष्ट पारे । 


बत्ति झ्याप्प–झ्याप्प वत्ती जाने समस्या पनि विगतको वर्षमा भन्दा सुधार आएको बताउँदै शाक्यले भने ‘तर, जनमानसमा चाँहि फेरि पनि लोडसेडिङ हुने हो कि भन्ने मानसिक त्रास बढेको छ अर्थात जनता बढी सचेत भएका छन र खवरदारी पनि बढेको छ ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD