८ बैशाख २०८१, शनिबार
Header

‘रिचार्ज काठमाडौं’को नमूना योजना शुरुः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, ६ फागुन २०७६, १९ः०० बजे  
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले ‘रिचार्ज काठमाडौं’को नमूना योजना शुरु भएको बताएका छन ।


प्रमुख शाक्यले मंगलवार महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोङ्गवु डबलीमा पानी पुनभरण प्रणाली गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन । 


गोङ्गबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी बिकास केन्द्रको प्राबिधिक सहयोगमा स्थापना गरिएको प्रणाली प्रमुख  शाक्यले शुभारम्भ गरेका छन ।


महानगरले अघि बढाएको यो कार्यक्रमबाट प्राकृतिक सन्तुलन कायम गराउन, वातावरणीय सुधारमा उपलब्धी हुने अपेक्षा गरिएको प्रमुख शाक्यको भनाई रहेको थियो । 


यस प्रणालीमा डबली भएको १ रोपनी जग्गा (क्याचमेन्ट) मा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ । जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकाशे पानी संकलन बिधि जडान गरिएको छ ।


उक्त शुभारम्भ कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले परम्परागत रुपमा बनाइने इनार र ढुङ्गेधारा जोगाउन नसक्दा काठमाडौंं पानीसँग सम्बन्धित वातावरणीय र व्यवस्थापकीय समस्यामा परेको बताईन । 


वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले यसलाई वडाका अन्य ठाउँमा पनि बिस्तार गर्दै लैजाने योजना सुनाएका छन । 


त्यसैगरी गोङ्गबु आवास क्षेत्र सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ यस प्रणालीबाट आफू उत्साहित भएको बताउँदैे प्रणालीलाई दिगो बनाउन समितिले काम गर्ने बताए ।

 


पानी जम्मा गर्ने विधीः–


(क्याचमेन्ट) मा जम्मा भएको पानी क्याचफिटमा जम्मा हुन्छ । यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ ।

डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन ।


दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । 


जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । 


प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले बताए । 
इञ्जिनियर कोइरालाकाअनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD