१४ बैशाख २०८१, शुक्रबार
Header

‘राजश्वमारा र विकास विरोधीहरु सरकारबाट बच्न अदालत जान्छः’ सरकार


प्रकाशित: आईतबार, १९ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकार प्रवक्ता, सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजश्वमार र विकास विरोधीहरु सरकारबाट बच्न अदालत जाने गरेको बताएका छन । 


आईतबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले राजश्व छली गर्ने तथा विकास विरोधीहरु अदालत पुग्ने र अदालतले तत्काल फैसला नदिँदा देश तथा जनतालाई ठुलो क्षति पुगेको भनाई राखे । 


विकासका ठुला ठुला परियोजनाहरु सञ्चालन भईरहँदा कुनै व्यक्ति वा काम नगर्ने ठेकेदार अदालत जाने र अदालतले पनि तत्काल मुद्दाको सुनाई नगरी बर्षौसम्म विचारधिन भईदिँदा समस्याहरु उत्पन्न हुने गरेको मन्त्री बाँस्कोटाले बताए । 


मन्त्री बाँस्कोटाले नागढुंगा कलंकी सडक, गण्डकी प्रदेश र प्रदेश ५ को अप्टिकल फाइबर परियोजना अदालतमा गएर अड्किएको उदाहरण दिँदै मन्त्री बास्कोटाले विकासले गति नलिएको पत्रकारहरुलाई प्रष्ट पारेका थिए । 


मन्त्री बाँस्कोटाले अदालतले राज्य तथा जनतालाई घाटा हुने खालका मुद्दाको तत्कालै किनारा लगाउनुपर्ने बताए । 


अदालतमा सयौं यस्ता राजश्व छलीका मुद्दा बिचाराधीन रहदा सरकारले अर्बौ रुपैयाँ गुमाइरहेको मन्त्रीको भनाइ थियो । 


राजश्व तिर्नुपर्नेहरु अदालत गएर अन्तरिम आदेश लिने र वर्षौसम्म फैसला नहुने अवस्था आएपछि मुलुकको विकासमा बाधा पुगेको मन्त्री बाँस्कोटाको भनाई थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD