५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

‘युवासँग वडा अध्यक्ष’ अन्तरिक्रयामा के भने युवाहरुले ?, अब ‘नगरिकसँग वडा अध्यक्ष’


प्रकाशित: आईतवार, १ साउन २०७९, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नंं ७ ले आयोजना गरेका ‘युवासँग वडाध्यक्ष’ अन्तरक्रियामा युवाहरुले विभिन्न विचार राखेका छन ।


शनिवार आयोजित सो कार्यक्रमा युवाहरुले वडाले सस्तो पसल खोल्नु पर्ने, सडक व्यापारलाई नियन्त्रित र गुणस्तरीय बनाइनुपर्ने, पैदल मार्ग निर्वाध हुनुपर्ने, वडाको कुन ठाउँमा कुन निकायले के काम गरिरहेको छ? यदि कसैले जानकारी लिन चाह्यो भने सजिलै प्राप्त गर्न सकिने संयन्त्र हुनुपर्ने विचार राखेका थिए । 


यसैगरी मानसिक स्वास्थ्यको समस्या र समाधानका उपाय, शारीरिक स्वास्थ्य जाँच र उपचार, खानेपानी र सडकमा बेचिने खाद्य बस्तुको गुणस्तर, फोहोरमैला व्यवस्थापनजस्ता विषयमा पनि प्रश्न गरिएको थियो । 


वडा अध्यक्ष विमलकुमार होडाले यस वडाका युवाहरुको विचार, उनीहरुको चाहना र वडाको विकासँग जोड्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । 


उनले यसपछि यस वडाको दिगो विकास र यहाँका बासिन्दालाई वडा बाट हुने सेवालाई सहज र सुविधायुक्त बनाउने आगामी दिनमा नागरिकसँग वडा अध्यक्ष कार्यक्रम पनि गरिने जानकारी दिए ।  

 


नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का संघीय संसद सदस्य गगनकुमार थापाले, युवाहरुबाट व्यक्त भएका गुनासा, जिज्ञासा तथा मागका रुपमा आएका सवालहरुलाई वडाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

 
सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सडक पेटी, घरेलु फोहोर र ट्राफिक व्यवस्थापन, पर्यटनजस्ता क्षेत्रसँग युवाका नविन सोचको सम्बन्ध स्थापना गराउन आफू क्रियाशील भएर काम गर्ने सांसद थापाको भनाई थियो । 


कार्यक्रममा वडा सदस्यहरु उज्जल अर्याल, सुरेश शाही र कल्पना सुन्दासलगायत जनप्रतिनिधिहरु सहभागी थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex