१६ चैत्र २०८०, शुक्रबार
Header

‘मेलम्ची आयोजना नसकिएकोले काठमाडौंमा धुँवा र धुलो नियन्त्रण गर्न सकिएन’


प्रकाशित: बुधवार, २२ पुष २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची आयोजना नसकिएकोले काठमाडौंमा धुँवा र धुला नियन्त्रण गर्न नसकेको बताएका छन । 


प्रमुख शाक्यले वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापनाको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । 


‘अहिले काठमाडौंमा जताततै खनिएका सडकसँग मेलम्ची खानेपानी आयोजनाको नाम जोडिएको छ । यो आयोजना नसकिएकाले सहरमा धुँवा र धुलो नियन्त्रण गर्न सकिएन ।’ प्रमुख शाक्यले भने ।


दुई नगरविच भगिनी सम्बन्ध स्थापना भएपछि अनौपचारिक सम्बन्धले औपचारिकता पाएकोमा प्रमुख शाक्यले खुसी व्यक्त गर्दै भने, ‘खानेपानी आयोजना, पर्या—पर्यटन, कृषि तथा पशुजन्य खाद्य उत्पादनलगायत जनजीविकाका धेरै क्षेत्रमा दुईनगरबिच लामोसमयदेखिको अनौपचारिक सम्बन्धले औपचारिकता पाएसँगै दुवै नगरका जनतामा प्रत्यक्ष लाभ पुग्नेछ ।’


महानगर प्रमुख शाक्य र मेलम्ची नगरका मेयर डम्वरबहादुर अर्यालले सहमति पत्रमा हस्ताक्षरगरेर अन्तर नगर भगिनी सम्बन्धलाई औपचारिकता दिइएको हो । सो अवसरमा काठमाडौंको व्यवस्थापनका लागि खानेपानी आयोजना सम्पन्न गर्ने काममा मेलम्ची नगरको सहयोग प्राप्त हुने प्रमुख शाक्यले विश्वास व्यक्त गरे ।

 
भागीनी सम्बन्धमा हस्ताक्षर लगत्तै मेलम्ची सिटी पार्क निर्माण सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भयो । सम्झौताबमोजिम मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय पार्क निर्माण गरिनेछ ।  


महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० वटा र मध्यपुर थिमी नगरपालिका प्रत्येकलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको सो अवसरमा प्रमुख शाक्यले स्मरण गराए ।  


यसैगरी भगिनी सम्बन्ध स्थापना भएका रामग्राम, चन्दननाथ र मेलम्ची नगर प्रत्येकलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको पनि प्रमुख शाक्यले जानकारी गराए । 


सो अवसरमा मेलम्ची नगरपालिका प्रमुख अर्यालले काठमाडौसँग मेलम्चीको सहरीकरण तुलना हुन नसके पनि आपसी सहयोगका क्षेत्रमा सहकार्य गरिने बताए । 


‘मेलम्चीको पानीका सन्दर्भमा नगर प्रमुख अर्यालले भने, ‘आफ्नो ठाउँको पानी काठमाडौं पठाएपछि स्थानीयले सरकारसँग क्षतिपूर्ति र लेवीलगायतका बिषयमा अपेक्षा गरेका छन । यसमा हामीले सरकारसँग कुरा गरिरहेका छौं । काठमाडौं महानगरले यस मागमाथि सद्भाव राख्ने हाम्रो अपेक्षा छ ।’


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्थाबमोजिम संघीय राजधानी काठमाडौं जिल्लामा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना भएको हो । 


ले महानगरको ५२ औँ कार्यपालिका बैठकको निर्णयअनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको महानगरपालिकाकी उप्रम हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिँदै भनिन,‘ महानगरले सहरी सरसफाइमा फोहोर व्यवस्थापन धुँवा, धुलो नियन्त्रणसहित सहरी पूर्वाधार र सुबिधावितरणसँगै अन्य नगरसँग सहकार्यका लागि भगिनी सम्बन्ध स्थापना गरेको हो ।’


कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइराला, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।


काठमाडौँ महानगरपालिकाले यस अघि चीनका ६ वटा ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ्, र संयुक्त राज्य अमेरिकाका ४ वटा युजेन, रोचेष्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग यस अघि नै भगिनी सम्वन्ध स्थापना गरिसकेको छ । 


त्यसैगरी काठमाडौँ महानगरपालिकाले  जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, बर्माको यगुनु, गणतन्त्र कोरिया (दक्षिण कोरिया) को सोल, जनवादी गणतन्त्र उत्तर कोरियोको पेङ्वाङ् र गणतन्त्र भारतको वाराणसी नगर महानगरसँग पनि  भगिनी सम्बन्ध स्थापना गरिसककेको छ ।


महानगरले बैङ्ककको थाइल्याण्ड र पाकिस्तानको इस्लामावाद नगरसँग पनि काठमाडौँ महानगपालिकाले भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा अघि बढाएको छ  ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD