६ भाद्र २०८३, शनिबार
Header

‘मेयर्स रिसर्च फेलोसिप’ले काठमाडौंको विकास योजनाबारे प्रष्ट पार्नेः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, १७ फागुन २०७८, १८ः१० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले तयार पारेको ‘मेयर्स रिसर्च फेलोसिप — शोध ग्रन्थ’ सार्वजनिक भएको छ ।


मंगलवार एक कार्यक्रमविच काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले संयुक्त रुपमा ग्रन्थ सार्वजनिक गरेको हो । 


आ. व. २०७७÷०७८ मा छनौट भएका विषयमा ९ जना अनुसन्धानकर्ताहरुबाट प्राप्त प्रतिवेदनहरुलाई समेटेर सो ग्रन्थलाई पुस्तकको रुप दिएको हो । 


सो अवसरमा सार्वजनिक गरएको ग्रन्थबारे प्रमुख शाक्यले अनुसन्धानबाट प्राप्त भएका तथ्यहरुको आधारले अब काठमाडौंको निर्माण र विकासका लागि बाटो प्रष्ट पारेको बताएका छन । 


अध्ययनबाट सहरी विकास र सुविधा वितरणका क्षेत्रका लागि वास्तविकतामा आधारित आवश्यकता सम्बन्धी विवरण प्राप्त प्रमुख शाक्यको भनाई थियो । 


प्रमुख शाक्यले भने,‘काठमाडौँमा देशका सबै पालिकाका नागरिक, स्थानीय शासन र व्यवस्थापनका विद्यार्थी, राजनीतिज्ञसहित सबै क्षेत्र र पक्षका मानिसहरु बस्छन । त्यसैले काठमाडौँ नीति र कार्यक्रममा धेरैको चासो रहन्छ । यी हरेक कोणबाट आउने प्रश्नलाई अनुसन्धानमा आधारित उत्तर दिन हामीले निर्वाचित भएर आएदेखि अध्ययनमा आधारित योजना तर्जुमा पद्धति अपनाउन थालेका हौँ ।’ 


‘प्रतिवेदनले देखाएका विषय राजनीतिक दलले चुनावी घोषणा पत्रमा राख्न उपयुक्त छन । प्रतिवेदनका सुझाव हामी कार्यान्वयन गर्दै जान्छौँ । यसैगरी राजनीतिक दलहरु, संघ र प्रदेश सरकारलाई पनि पठाउँछौँ ।’ प्रमुख शाक्यले भने । 


कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भनिन, ‘विज्ञहरुबाट भएका क्षेत्रगत अनुसन्धानबाट राजनीति गर्ने व्यक्तिलाई धारणा निर्माणमा धेरै सजिलो हुन्छ । जनताको आवश्यकता र विज्ञको सुझाव मिलाएरपछि दिगो विकास पाउन टाढा जानु पर्दैन ।’


विकासका नयाँ मूल्य र मान्यता दस्तावेजका रुपमा प्राप्त भएकोले महानगरको योजना निर्माणमा सहयोग हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले बताए । 


सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले स्थानीय विषयलाई परिवेश बुझेका अनुसन्धानकर्ताबाट सहभागितामुलक र सामुहिकता जस्ता अध्ययनका विधि अपनाएर अध्ययन सुनाए । 

 

त्यस क्रममा ले महानगरका राम्रा कामहरुमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । महानगरको यो अध्ययनबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’ का कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेमा आफू आशावादी रहेको संसद सदस्य शाक्यको भनाइ थियो ।

 

सो अवसरमा संघीय संसद सुजिता शाक्य, डा. अजयचन्द्र लाल, विज्ञ डा. पूर्ण नेपालीले मेयर रिसर्च फेलोसिपबारे आ–आफ्ना धारणाहरु राखेका थिए । 


सहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनौट भएका १० जना युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ का लागि सम्झौता गरेको थियो । तिमध्ये १ जनाले अध्ययन पूरा गरेका थिएन । 


पहिलो चरणमा अध्ययन गरिएका विषयहरुमा ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुमा गैर संक्रामक रोग सम्बन्धी जोखिम र स्वस्थ जीवनशैली सम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव ः काठमाडौँको ठमेल क्षेत्रको अध्ययन छन ।


त्यसैगरी काठमाडौँ उपत्यका भित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार नक्साङ्कन सम्बन्धी अध्ययन, काठमाडौँ उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदुषण संयन्त्र सम्बन्धि विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकहरुको अनुभवको मात्रात्मक अवस्था रहेका छन । 


त्यस्तै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कार्बोन स्टक सम्भाव्यता वृक्षारोपण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकाका जेष्ठ नागरिकहरुको जीवनको गुणस्तर सम्बन्धी कानुन, नीति र प्रमाण सम्बन्धी अध्ययन छ ।


त्यस्तै, काठमाडौँ महानगरपालिकालाई नविन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकता सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिका क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धति सम्बन्धी विषय छन । 


काठमाडौँ महानगरपालिकाको सहरी विकास व्यवस्थापन (योजना तर्जुमादेखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धि अनुसन्धान पनि समेटिएको छ ।


यी विधामा क्रमश प्रतिक खनाल, कृति प्रधान, सुरज गौतम, राजीब पोखरेल, सम्राट बस्याल, नबिनराज जोशी, कृपा सिग्देल, मनिषमान श्रेष्ठ, गोपीकृष्ण ढुङ्गानाले अनुसन्धान गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex