२० आश्विन २०८३, मंगलबार
Header

‘मिस नेपाल २०२५’ का २६ फाइनलिस्टको घोषणा, फिनाले भदौ १४ गते


प्रकाशित: शुक्रवार, ९ साउन २०८२, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ का लागि २६ जना फाइनलिस्टहरूको औपचारिक घोषणा गरिएको छ । 


शुक्रबार काठमाडौंमा आयोजित ‘स्यास सेरेमोनी’मार्फत प्रतियोगीहरूलाई अधिकृत अङ्कसहित प्रस्तुत गर्दै सार्वजनिक गरिएको हो ।


देशका विभिन्न सहरहरूमा सञ्चालन गरिएका अडिसनमार्फत छानिएका यी प्रतियोगीहरूले अब बन्द प्रशिक्षणमा सहभागिता जनाउनेछन । 


आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार प्रतियोगीहरूलाई पेशागत सीप र व्यक्तित्व विकासमा केन्द्रित प्रशिक्षण दिइनेछ ।


यसपटकको मिस नेपाल फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । 


यसवर्षको प्रतियोगिता १४ विधामा केन्द्रित हुने बताइएको छ । मिस वल्र्ड, मिस अर्थ, मिस इन्टरनेसनलसँगै नयाँ विधा मिस कोस्मो पनि थप गरिएको छ ।


प्रतियोगीहरूको सूची (अङ्कअनुसार)


१.सान्भी मण्डल


२.संस्कृति भट्टराई


३.सुदिना हुमागाईं


४.श्रुती महर्जन


५.अनुराधा शर्मा ढकाल


६.अनुप्रिया ठाकुर


७.दीपशिखा नेपाल


८.जगदिश्वरी शाह


९.लुना लुइँटेल


१०.जशोदा कार्की


११.आश्रीया थापा


१२.उरुषा भण्डारी


१३.अञ्जिला रजक


१४.सृष्टिकुमारी तामा


१५.क्रिस्टिना बस्नेत


१६.आरती थापा


१७.समृद्धि केसी


१८.सइच्छा थापा


१९.स्वाती पञ्जियार


२०.सोनी घले


२१.श्रीयानी श्रेष्ठ


२२.स्मृति श्रेष्ठ


२३.ओजल रायमाझी


२४.निलिमा पाण्डे


२५.प्रियंका थापा


२६.प्रज्ञिका क्षेत्री


यस वर्ष मिस नेपालमा विविध सांस्कृतिक पृष्ठभूमिका प्रतियोगीहरू समावेश भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत विभिन्न सामाजिक, बौद्धिक र सिर्जनात्मक मूल्यांकनहरू समेत गरिनेछन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex