काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवसको अवसरमा १० जना पत्रकारलाई सम्मान गरेको छ ।
बुधवार बसन्तपुरमा आयोजित एक समारोहकाबीच महानगरले प्रदान गर्दै आएको ‘महानगरिय सुशासन पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको हो ।
कार्यक्रम समारोहका प्रमुख अतिथी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले महानगर प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितीमा पत्रकारलाई सम्मान पत्र प्रदान गरेका थिए भने बागमती प्रदेशका सभामुख सानु श्रेष्ठले सम्मानित पत्रकारहरुलाई माला लगाई दिएका थिए ।
पुरस्कृत हुने पत्रकारहरु महानगरखबरडटकमका अजय खड्गी, समाचार दैनिकका पत्रकार सुनिल महर्जन, नागरिक दैनिकका राजेन्द्र मानन्धर(निलः भाजु), झीगु सः डटकमबाट विराजकाजी राजोपाध्याय सम्मानित भएका छन ।
त्यसैगरी नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे, स्थानीय खबरबाट रञ्जित तामाङ, थाहा खबरका सञ्चिता आचार्य, क्लिकमान्डु डटकमका सोभित थपलिया, न्युज एजेन्सीका अनिस अविरल र संस्थागत रुपमा इलोहं प्रकाशनलाई सो पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कारको नगद राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।
महानगरीय सुशासन पत्रकारिता पुरस्कारका निर्णाय समितिमा संयोजक राजेन्द्र स्थापित, सदस्य सचिव महेश काफ्ले र सदस्यमा मोहन बाँस्तोला छन ।
Categorized in स्थानिय